काठमाडौँ– नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् ।


ADVERTISEMENT


सत्ता गठबन्धनमा आबद्ध दलहरु निकट कानुन व्यवसायीको संयुक्त प्यानलबाट उम्मेदवारी दिनुभएका घिमिरेले करिब दुई हजार मतान्तरसहित बारको अध्यक्षमा निर्वाचित भएका हुन् ।


ADVERTISEMENT

# # #


घिमिरेले चार हजार ४७४ मत प्राप्त गर्नुभयो भने उहाका निकटतम प्रतिद्वन्द्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले दुई हजार ४८२ मत प्राप्त गरेका थिए ।

त्यस्तै महासचिवमा गठबन्धन समर्थित उम्मेदावर अञ्जिता खनाल ३ हजार ६८२ मत ल्याउँदै विजयी भएकी छन् भने निकटतम प्रतिस्पर्धी केदार कोइरालाले २ हजार ३४५ मत प्राप्त गरे । अध्यक्षमा विजयी भएपछि घिमिरेले भ्रष्ट्राचारमुक्त स्वच्छ न्यायलय बनाउन प्रतिवद्ध रहेको धारणा राखे । आफ्नो कार्यकार बार र न्यायलय सुधारका लागि केन्द्रीत हुने उनको भनाई छ ।

बारको चैत १९ गते काठमाडौंसहित देशभर ३५ स्थानबाट मतदान भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरू गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ जना अधिवक्ता मतदाता थिए । त्यसमध्ये सात हजार ४२९ मत खसेको थियो ।