काठमाडौं – मनमैजु माध्यमिक विद्यालयमा ’बलराम सिटौला छात्रवृत्ति अक्षयकोष’ स्थापना गरिएको छ ।  तारकेश्वर नगरपालिका वडा न ९ का वडाध्यक्ष बलराम सिटौलाले मनमैजु माध्यमिक विद्यालयलाई नगद दुई लाख सहयोग गरेका छन् ।


ADVERTISEMENT


उत्कृष्ट एवम् मिहिनेती विद्यार्थीहरुलाई छात्रवृत्ति प्रयोजनका लागि वडाध्यक्ष सिटौलाले छात्रवृत्ति अक्षयकोषको स्थापना गरेका हुन् । वडाध्यक्ष सिटौलाले आफूले पाएको सेवा सुविधाबाट उक्त रकम छात्रवृत्ति प्रयोजनका लागि अक्षयकोषको स्थापना गर्न पाउदा खुशी लागेको बताउनु भयो । उक्त अक्षयकोषको नाम ‘बलराम सिटौला छात्रवृत्ति अक्षयकोष’ राखिएको छ ।


ADVERTISEMENT

# # #


मनमैजु माध्यमिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरुलाई लक्षित गरी उक्त कोषको स्थापना भएको हो । मिहिनेती विद्यार्थीहरुलाई उक्त कोषबाट छात्रवृत्ति प्रदान गरिने छ । वडाध्यक्ष सिटौला उक्त विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेका छन् । वडाध्यक्ष सिटौलाले दुई लाख रुपैयाँ नगद विद्यालयकी प्रधानाध्यापक रविना महर्जनलाई हस्तान्तरण गरेका हन् । रासस