काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहिता पालना गर्ने लिखित प्रतिवद्धता स्वरुप हस्ताक्षर गरेको छैन ।


ADVERTISEMENT


मंगलबार आयोगले स्थानीय तहको निर्वाचनका लागि मान्यता पाएका ७९ दलहरूलाई निर्वाचन आचारसंहितामा प्रतिबद्धताका लागि बोलाएको थियो । नेपाली कांग्रेससहितका दलहरुले स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहिता पालना गर्ने लिखित प्रतिवद्धता व्यक्त गरेपनि सो पत्रमा एमालेले हस्ताक्षर नगरेका हुन् ।


ADVERTISEMENT

# # #


एमालेबाट कानुन विभागका प्रमुख रमेश बडाल र निर्वाचन विभाग उपप्रमुख निरज आचार्य आयोग पुगेका थिए । छलफलमा तनाव उत्पन्न भएको अवस्थामा कुनै काम गर्नु उचित नभएकाले हस्ताक्षर नगरेको कानुन विभाग प्रमुख बडालको भनाई छ ।

निर्वाचनमा आचारसंहिताको छलफलमा भाग लिन नपाएको भन्दै साना दलहरुले नारावाजी गरेका थिए । आचारसंहितामाथि छलफल नै नगराइ प्रतिवद्धतामा हस्ताक्षर गराउन खोजेको भन्दै उनीहरुले आपत्ती जनाएका थिए । यद्यपि पछि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उक्त विषय नियमित प्रक्रियामात्र भएको बताएपछि साना दलहरुले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।

हस्ताक्षरपछि कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिबद्धता लिने पुरानै अभ्यास रहेको र आयोगले यसपटक पनि आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्धता लिएको जानकारी दिए । साना दलहरुले अघि सारेको बिषयमा आयोगले प्रष्ट पारेको र अब कुनै विवाद नरहेको उनले बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव बेदुराम भुषालले छलफल नै नगराई आचारसंहिता बनाइएको र हस्ताक्षर गर्नमात्र बोलाइएकोमा केहि दलले आपत्ती जनाएको जानकारी दिनुभयो । उहाले आचारसंहितालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।

त्यस्तै नेमकिपाका नेता प्रेम सुवालले आचारसंहिता पालना गर्ने गराउने बिषय राम्रो भएपनि सरकारमा रहेका दलहरुले आचारसंहिता पालना नगरेको बिषयमा आयोगको ध्यान जानुपर्ने बताए ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा राजनीतिक दलहको प्रतिबद्धता लिइएको बताउँछन् । यस क्रममा केहि गलत बुझाइ रहेको र आयोगले स्पष्ट पारेपछि सवै दलले हस्ताक्षर गरेको उहाले जानकारी दिनए।

आयोगले निर्वाचन आचारसंहितामा निर्माणका क्रममा प्रमुख दलसंग छलफल गरेको । स्थानीय तहको निर्वाचन आगामी बैंशाख ३० गते तोकिएको छ ।