काठमाडौं  – सत्ता गठबन्धनले कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा चुनावको तयारी तथा अनुगमन समिति गठन गरेको छ ।


ADVERTISEMENT


बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कांग्रेस वरिष्ठ नेता पौडेलको संयोजकत्वमा चुनावको तयारी तथा अनुगमन समिति गठन गरेको र तल्लो तहबाट आएका सुझावका आधारमा उम्मेदवार चयन गर्ने निर्णय भएको एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए । बैठकमा चुनावी तालमेललाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल भएको छ ।


ADVERTISEMENT

# # #


यस्तै, देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसँग अन्तरक्रिया गर्ने निर्णय पनि बैठकले गरेको छ ।

अन्तरक्रियाबाट प्राप्त हुने सुझावको आधारमा गठबन्धनले चुनावी गतिविधिलाई अगाडि बढाउने छ । यस्तै, बैठकले कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल रहेको पनि निष्कर्ष निकालेको छ ।