काठमाडौं – स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआइबिएल एस क्यापिटल लिमिटेडले सहभागिता जनाएको छ ।   मिति २०७८ चैत्र १८ गते बाट लिभिङ विथ आइसीटीले सातै प्रदेशमा इबिमाको मुख्य प्रायोजनमा स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ आयोजना आरम्भ गरेको छ ।

डिजिटल क्षेत्रमा क्रियाशिल स्थानीय नवप्रवर्धकहरुलाई प्रवद्र्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने समेत उद्देश्यले यो योजना आयोजना गर्न लागिएको हो ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



गण्डकी प्रदेशबाट आरम्भ भएको  कार्यक्रममा NIBL Ace Capital Ltd ले पनि सहभागिता जनाएको हो । संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको NIBL Ace ले यस कार्यक्रममा सहभागीहरुलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउने र आफ्नो संस्थागत परामश सेवामार्फत् नविनतम योजना र सोचहरुलाई व्यवसायिक पूर्णता दिने उद्देश्य रहेको बताइएको छ ।

NIBL Ace ले संस्थागत परामर्श सेवामार्फत् व्यवसायिक योजना बनाउन (Business Plan),व्यवसायको सम्भाव्यता अध्ययन गर्ने (Market Assessment & Feasibility),पूँजी संकलन गर्ने (Equity Raising),  ऋण संकलनमा वित्तिय संस्था र व्यवसायीबिच मध्यस्थता गर्ने ]{(Debt Raising & Loan Syndications) र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आएको छ ।