काठमाडौं – नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र राष्ट्रिय स्तरको ‘क’ वर्गको वाणिज्य बैंक एनर्आसी एसियाबीच स्मार्ट क्युआरमार्फत भुक्तानी सेवा सञ्चालन गर्न सम्झौता भएको छ।


ADVERTISEMENT


काठमाडौँमा मङ्लबार आयोजित विशेष कार्यक्रमबीच स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू र एनआईसी एसिया बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष राठीले क्युआर सेवा सञ्चालनसम्बन्धी उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।


ADVERTISEMENT

# # #


सम्झौतापश्चात विभिन्न व्यापार—व्यवसाय गर्दै आएका व्यवसायीहरूले एनआईसी एसिया बैंकमार्फत स्मार्ट क्युआरको सुविधा लिन पाउने छन्। ईएमभी स्ट्याण्डर्डमा जारी गरी फाइनान्सियल स्वीचमार्फत कारोबारको भुक्तानी तथा फछ्र्योट गर्ने भएकाले स्मार्ट क्युआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो छ।

विगत २० वर्षदेखि विभिन्न भुक्तानीका विभिन्न सेवा दिँदै आएको स्मार्ट च्वाइस टेक्नोलोजिज र एनआईसी एसियाबीच भएको सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्ने विश्वास गरिएको छ।