खोटाङ – कास्की पोखरा बैदाम खहरेचोकका हिरा बहादुर कार्कीले मंगलबार राती पूर्वको पशुपतिनाथले प्रसिद्ध हलेसी मन्दिररगुफा सपनामा देखे । बिपनामा समेत हलेसी नआएकारनदेखेका कार्कीलाई त्यो सपनाले उकुसमुकस बनायो । हलेसी दर्शन तथा अवलोकनमा जाउँजाउँ बनायो।


ADVERTISEMENT


भोलिपल्ट बिहानै बुधबार हतार–हतार तयार भएर कार्की हलेसीतर्फ लागे । बिहीबार बिहान ८ बजे सपनामा मात्रै देखेको हलेसीलाई कार्कीले बिपनामै दर्शन तथा अवलोकन गरे। उनले हलेसीको दर्शन अवलोकन मात्रै गरेनन् ।


ADVERTISEMENT

# # #


आफ्नो स्वर्गीय बुबा समाजसेवी बल बहादुर कार्कीको नाममा हलेसीमा रहने गरी घण्टी निर्माण गर्ने निधो गरे । बुवा समाजसेवामा भएकै कारण आफूले पनि बुबाकै बाटो पहिल्याएर समाजसेवा गर्दै आएका कार्कीले बुवाको नाममा घण्टी बनाएर राखिदिन भनि हलेसी प्रतिष्ठान हलेसीका संयोजक सयन्द्र राईलाई हलेसीमा १ लाख ५० हजारको चेक हस्तान्तरण गरे।

जीवनमा पहिलो पटक हलेसी दर्शन गरेका कार्कीले आफैले बुवाको नाममा घण्टी बनाएर राख्न सक्ने भए पनि प्रतिष्ठानका संयोजक राईलाई जिम्मा दिए । कार्कीले बुवाको नाममा घण्टी बनाएर राख्नका लागि आफूलाई अनुरोध गरेको र त्यो आफूले स्वीकार गरेको राईले सुनाए । कार्कीको यो कामले हलेसीलाई थप सहयोग पुगेको छ ।

कार्कीले खेलकुद सामग्री खरीदका लागि पनि ५० हजारको चेक हलेसी प्रतिष्ठानका संयोजक राईलाई हस्तान्तरण गरेका छन् । सो रकमले हलेसी भेगका खेलाडीका लागि खेलकुद सामग्री खरीद गरिनेछ । होटल व्यवसायी, पर्यटन व्यवसायी तथा समाजसेवी कार्कीले सामाजिक कार्यका लागि देशभर आर्थिक सहयोग गर्दैै आएका छन् ।

काठमाण्डौ, पोखरा, बैङलोर र कोरियामा होटल व्यवसाय तथा खासगरी कोरियन पर्यटक नेपाल भित्र्याउनमा महत्वपूर्ण भूमिका खेल्दै आएका कार्कीले लुम्बिनीमा दुई, पोखरामा चार स्थानमा विद्यालय भवनहरु निर्माण गरिदिएका छन् । खोटाङमा पनि उपर्युक्त स्थानमा विद्यालय भवन बनाईदिने विषयमा आफू चिन्तित रहेको कार्कीले बताएका छन् ।

कार्की र राईले लगाए मित
हलेसी दर्शनपछि राप्रपाका केन्द्रीय सदस्य तथा सूचना प्रविधि विभाग प्रमुख रबिन चाम्लिङसँग पर्शुराम कृषि फर्म एण्ड होम स्टे नेर्पा भ्रमणमा पुगेका कार्की र पर्शुराम कृषि फर्म एण्ड होम स्टेका प्रवन्धक शम्भु राईले लोप हुंदै गएको मितेरी परम्परा मित लगाएका छन्।मित लगाएपछि (चिनो) उपहार साटासाट गरे ।

हराउँदै गईरहेको मितेरी परम्परालाई संरक्षण गर्न र एकअर्कालाई नजिकबाट बुझनका लागि मित लगाईएको हो । राई रोजगारीका लागि कोरिया बसेर नेपाल आएका हुन् भने कार्की कोरियामा होटल व्यवसाय गर्दैै आएका छन्।