काठमाडौँ – त्रिकोणत्मक टी–ट्वान्टी सिरिजमा पपुवा न्युगिनी (पीएनजी)ले मलेसियालाई पराजित गरेको छ ।


ADVERTISEMENT


लिगको आफ्नो अन्तिम खेलमा मलेसियालाई पीएनजीले ८ विकेटको फराकिलो जित निकालेको हो । १ सय ९७ रनको लक्ष्य पछ्याएको पीएनजीले १७ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । पीएनजीको जितमा उसका दुई खेलाडीले अर्धशतकीय इनिङ खेले ।


ADVERTISEMENT

# # #


टोनी उराले ३४ बलमा १० छक्का र २ चौकाको मद्दतमा अविजित सर्वाधिक ८६ रन बनाए । यस्तै कप्तान असद भालाले अविजित ७४ रनको इनिङ खेले । उनले ५१ बलमा ८ चौका र १ छक्का प्रहार गरे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९६ रन बनायो ।

मलेसियाका सेइद अजिजले सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ खेले । उनले ३५ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ६४ रन बनाए । यस्तै कप्तान अहमद फाजीले ४३ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६४ रन बनाए । जितसँगै पीएनजीले सिरिजको फाइनल सम्भावना कायम राखेको छ । यसअघि पीएनजी नेपालसँग २ खेलमा र मलेसियासँग १ खेलमा पराजित भएको थियो ।

मलेसियाले समेत ३ खेलमा १ जित हात पारेको छ । घरेलु टोली नेपाल भने ३ खेलमा ३ जित निकाल्दै १ खेल अगावै फाइनल पुगिसकेको छ । शनिबार नेपाल र मलेसियाविरुद्ध लिगको अन्तिम खेल हुनेछ ।