काठमाडौं – नेपाल वायुसेवा निगमले काठमाडौं-मुम्बई उडान पुनः सुरु गरेको छ । करिब दुई वर्षदेखि कोभिड-१९का कारण रोकिएको उडान आइतबारबाट सुरु भएको हो ।


ADVERTISEMENT


साताको तीन उडान गर्ने गरी निगमले उडान सुरु गरेको छ । आइतबार नै भारत सरकारले कोभिड-१९ पछि अन्तर्राष्ट्रिय उडानमा लगाउँदै आएको प्रतिबन्ध समेत हटाएको छ । कोभिड-१९ पछि नेपाल-भारतबीच एयर बबल सम्झौता अनुसार उडान तथा अवतरण हुँदै आएको थियो ।


ADVERTISEMENT

# # #


भारत सरकारले करिब २ वर्षपछि व्यावसायिक अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध खुला गरेको हो । योसँगै नेपाल भारतबीच रहेको एयर बबल सम्झौता खारेज भएको छ ।  कारोबार दैनिकबाट ।