महोत्तरी– कर्तव्य ज्यान मुद्दामा १२ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई महोत्तरी जिल्ला अदालतले आइतबार साँझ जेल चलान गरेको छ ।


ADVERTISEMENT


जेल चलान हुनेमा जिल्लाको भंगहा नगरपालिका-९ बस्ने ६० वर्षीय रामेश्वर सदा मुसहर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए ।


ADVERTISEMENT

# # #


विसं २०६२ असार १५ गते महोत्तरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा सदालाई २० वर्ष कैद सजाय तोकेकामा उनी फरार रहँदै आएको थिए । बाह्र वर्षदेखि भारतमा गई लुकेर बस्दै आएका सदा घर आएको खबर पाउनासाथ आइतबार जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई घरैबाट पक्राउ गरेको प्रहरी उपरीक्षक कडायतले बताए ।

आइतबार पक्राउ गरिएका सदालाई सोही दिन प्रहरीले महोत्तरी जिल्ला अदालतमा पेश गर्दा अदालतले उनलाई कैद भुक्तानका लागि आइतबार साँझ जलेश्वर कारागारमा पठाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।