काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले र बलिउड अभिनेता सलमान खानबीच भर्चुअल सम्वाद भएको छ। बुधबार भएको संवादमा मन्त्री आलेले सलमानलाई कोरोनापछि नेपालको पर्यटन क्षेत्र खुला भएको सन्देश दिने कुरामा सहयोग गर्न आग्रह गरे ।


ADVERTISEMENT


साथै मन्त्री आलेले नेपाल आएर सगरमाथा चढ्न वा मान्टेन फ्लाइट गरेर सगरमाथा आधार शिविरमा ‘ब्रेकफास्ट’ गर्न सलमानलाई आग्रह गरे । उनले भने, तपाईंको समय मिल्छ भने म माउन्टेन फ्लाइटमार्फत् सगरमाथाको सयर गराउन चाहन्छु । सगरमाथा ब्रेकफास्टका लागि लोकप्रिय पनि छ ।’


ADVERTISEMENT

# # #


मन्त्री आलेले सलमानलाई नेपालमा आएर फिल्मको सुटिङ गर्नसमेत आग्रह गरे । साथै उनले आफू सलमानको निकै ठूलो प्रशंसक रहेको र उनका अधिकांश फिल्म हेरेको बताए ।

जवाफमा सलमानले नेपाल सुन्दर देश रहेको र यसको पर्यटन प्रवर्द्धनमा आफू सहयोग गर्ने प्रतिवद्धता जनाए । साथै उनले फिल्मको माग र कथावस्तुअनुसार छायाङ्कनका लागि आफू नेपाल आउन तयार रहेको बताए ।

सलमान ओडीसी इन्टरटेनमेन्टको अग्रसरतामा आगामी जेठ दोस्रो साता दशरथ रंगशालामा हुने ‘दबङ रिलोडेड टुर’का लागि नेपाल आउँदैछन् ।