काठमाडौँ – पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार पाँच हजार ३७६ मा कोरोना परीक्षण गर्दा ३८ जनामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४५३ रहेका छन् ।


ADVERTISEMENT


पछिल्लो समय २६९ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुने सङ्ख्या नौ लाख ६३ हजार ५९२ पुगेको छ । यो दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । मन्त्रालयका अनुसार २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा ललितपुर र काठमाडौँ रहेका छन् । शून्य सङ्क्रमित भएको नौ जिल्ला धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, बाजुरा, डोल्पा, हुम्ला र जुम्ला छन् । नेपालमा सङ्क्रमण दर १७.७ प्रतिशत छ ।

हाल होमआइसोलेशनमा दुई हजार ४०९, संस्थागत आइसोलेशनमा ४४, आइसियुमा २१ र भेन्टिलेटरमा दुई जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा ९७ हजार ३०६ जनाले खोप लगाएका छन् ।