विराटनगर – मोरङको लेटाङमा कर्फ्यु आदेश जारी गरिएको छ । लेटाङ नगरपालिका–५, खेरुवा वरपरको क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यु आदेश जारी गरेको हो ।


ADVERTISEMENT


हिजो स्थानीय र प्रहरीबीच झडप हुँदा एक महिला प्रहरीको मृत्यु भएको थियो । स्थिति तनावपूर्ण बनेकाले लेटाङमा कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।


ADVERTISEMENT

# # #


लेटाङका वडा नम्बर–३ र ४ को पश्चिम क्षेत्र गंगेचोक र कमलपुर क्षेत्र, ५ नम्बर वडाका सबै क्षेत्र, उत्तरमा लेटाङको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र, पश्चिममा चिस्याङ खोला क्षेत्रमा कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।

एक शिक्षकले १२ वर्षीया विद्यार्थीलाई जबरजस्ती करणकीको प्रयास गरेको आरोपपछि लेटाङ हिजो तनावग्रस्त भएको थियो ।