काठमाडौं – पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले तत्कालीन माओवादीका लडाकुहरू सेक्स वर्कर बन्न बाध्य भएको आफूले देखेको प्रतिक्रिया दिएका छन् ।


ADVERTISEMENT


गायक प्रकाश सपूतले हालै ल्याएको गीतमा पूर्वलडाकु यौनकर्मी बनेको देखाइएको थियो । यो गीतमा देखाएको कथावस्तुमा समर्थन पुग्ने गरी तत्कालीन माओवादीका शीर्ष नेतासमेत रहेका डा भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।


ADVERTISEMENT

# # #


डा भट्टराईले ओशो तपोवनमा स्वामी आनन्द अरूणसँगको कुराकानीमा कतिपय लडाकु सेक्स वर्कर बनेको आफूले देखेको दाबी गरेका छन् । तिनीहरू बाध्य भएर सेक्स वर्कर बनेको कुरा लुकाएर कहाँ हुन्छ भन्दै आफूले प्रत्यक्ष भेटेको पनि बताएका छन् ।

गायक सपूतको गीतमा समावेश गरिएको कथावस्तुप्रति नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरूले विरोध जनाउँदै आएका थिए । विवाद बढेपछि शनिबार मात्रै सपूतले यौनकर्मीवाला अंश हटाएर नयाँ भिडियो युट्युवमा अपलोड गरेका थिए ।