काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको कार्यपालिका र नगरसभाले पारित गरेका योजना कार्यान्वयनमा राजनीतिक पूर्वाग्रहका आधारमा बाधा सिर्जना गर्न खोजेको गुनासो गरेका छन् ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शाक्यले बसन्तपुर डबलीको पुनर्निर्माण लगायत अन्य योजना कार्यान्वयनमा केही जनप्रतिनिधिहरुले राजनीतिक पूर्वाग्रहका आधारमा नै नियोजित रुपमा अवरोध गर्ने गरेको गुनासो गरेका हुन् । उनले आफ्नो कार्यकाल सफल भएको र महानगरका जनता खुसी रहेको पनि दावी गरे ।


ADVERTISEMENT

# # #


शाक्यले बाहिर विवाद भनेर प्रस्तुत गरिए पनि भित्री रुपमा उपमेयर हरिप्रभा खड्गीसंग कुनै विवाद नरहेको धारणा राखे । शाक्यले आगामी कार्यकालमा पार्टीले टिकट दिए आफु फेरि महानगर प्रमुखमा उठ्न तयार रहेको उल्लेख गरे ।

त्यस्तै उनले निर्वाचन आयोगले बनाएको आचारसंहिताको विषयमा पनि आपत्ती जनाए । जनताले जिताएर पठाएका जनप्रतिनिधिलाई पुनः उम्मेदवारी दिन राजीनामा दिनुपर्ने निर्णय गर्नु आपत्तिजनक रहेको उनले बताए ।

पत्रकार सम्मेलनमा शाक्यले महानगरपालिकाले निर्माण गरेका १४९ वटा सम्पदाका बारेमा जानकारी गराएका थिए ।