काठमाडौँ– सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला ९९ हजार ३०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोलाएक लाख ५०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा एक हजार २०० रुपैयाँले घटेको हो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ८०० रुपैयाँ तोकिएको छ । जसको मूल्य मङ्गलबार प्रतितोला एक लाख रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार ३७० रुपैयाँमा आएको महासङ्घले जनाएको छ ।


ADVERTISEMENT

# # #


महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९१६ डलर आसपास कारोबार भइरहेको छ ।