काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को हिउँदे अधिवेशन अन्त्य गरेकी छन् ।


ADVERTISEMENT


आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले आजै राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरेकी हुन् ।


ADVERTISEMENT

# # #


नेपालको संविधानअनुसार संसद् अधिवेशनको अन्त्य र सुरुआत सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ ।

संसद्को चालु अधिवेशन गत मङ्सिर २८ गतेदेखि प्रारम्भ भएको हो । चालु अधिवेशनको संसद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस नगरेको भन्दै बैठक अवरुद्ध गर्दै आएको थियो ।

अवरोधकै बीच सरकारले अमेरिकी सहायता सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित भएको थियो ।