काठमाण्डौं-महिलामाथि दुर्व्यवहार गरेको आरोपमा दार्चुलामा निर्वाचन केन्द्रमा खटिएका एक जना सहायक मतदान अधिकृत पक्राउ परेका छन् ।जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर ३ मा रहेको सिद्धमावि सिनाको मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृत एवं गोकुलेश्वरमा विद्युत्त प्राधिकरणमा कार्यरत कर्मचारी सुरेशसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।


ADVERTISEMENT


सिद्धमावि सिनाको मतदान केन्द्रमा खटिएका विष्टले राती वास बसेको ठाउँमा महिलामाथि दुर्बब्यहार गरेको भन्दै स्थानीयवासीले उजुरी दिएपछि बिष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पीडित पक्ष नआएकाले दिएको निवेदनमा आधारमा सहायक मतदान अधिकृत विष्टलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्स्पेक्टर लालबहादुर साउदले बताए ।


ADVERTISEMENT

# # #


निर्वाचनका लागि खटिएका सहायक मतदान अधिकृत थुनिएपछि उक्त केन्द्रमा कर्मचारी व्यवस्थान गरीसकेको दार्चुला जिल्लाका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश राजेन्द्र नेपालले बताए ।