काठमाण्डौं-निर्वाचनको मतदानका लागि १ दिन मात्र बाँकी रहेको बेला निर्वाचन आयोग नेपालका प्रमुख आयुक्त निर्वाचन अनुगमनका लागि डोल्पा पुगेका छन् ।


ADVERTISEMENT


निर्वाचनको तयारीको अनुगमन गर्न नेपाली सेनाको सानो हेलिकप्टरबाट प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव आयोगका सहसचिव सुशील कोइरालासहित डोल्पा पुगेका छन् ।


ADVERTISEMENT

# # #


बिहान साढे १० बजे हेलिकप्टरबाट डोल्पाको सदरमुकाम दुनै पुगेका यादव नेपालकै गहिरो ताल फोक्सुण्डो अवलोकनका लागि हेलिबाट दुनै ओर्लेको ५ मिनटमै पुनस् उडान भरेर फोक्सुण्डो तालतर्फ लागेका छन् ।

फोक्सुण्डो ताल अवलोकन गरी फर्केपछि दुनैमा अन्तर्क्रिया गर्ने भनिएको छ । दुनैमै बिहानको खाना खाएलगत्तै फर्कने कार्यक्रम रहेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।