काठमाण्डौं-प्रतिनिधि र प्रदेशसभा निर्वाचनका कारण छिमेकी जिल्लाका सिमानामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।


ADVERTISEMENT


मतदान मिति नजिकिएसँगै सुकाढिक पुल, ह्याङलु, भिई पुल, फोतु लिब्रु नेर पुल र जुम्लाको कालाकाँडा घुच्चीलेक सिमानामा सुरक्षामा कडाइ गरिएको हो ।


ADVERTISEMENT

# # #


चुनाव प्रभावित पार्ने व्यक्ति तथा समूहको निगरानी राख्दै सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

उनका अनुसार सीमा क्षेत्रमा कडाजाँच व्यवस्था मिलाइएको छ ।

मुगु र जुम्ला सिमानाको घुच्चीमा सेनाले जाँच गर्नेछ । नेकपा कार्यकर्ताले चुनावविरोधी गतिविधि बढाएपछि मतदान केन्द्रमा समेत पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको छ ।

थोरै मतदाता संख्या भएको केन्द्रमा ८ र धेरै भएको मतदान केन्द्रमा १२ जना सुरक्षाकर्मी र बाहिरी घेरामा सेना राखिएको प्रजिअ अधिकारीले बताए । जिल्लाभर १६ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको उनको भनाइ छ ।