काठमाण्डौं-सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय रुपन्देहीबाट खटिएको एपीएफ टोलीले ४० लाख नौ हजार नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


रुपन्देही जिल्लाको कोटहीमाई गाँउपालिका ५ नौडिहवा बस्ने २४ वर्षिय विजयनाथ यादवलाई सोही जिल्लाको सिद्धार्थनगर नगरपालिका २ स्थित मेउडीहवा भन्ने स्थानबाट एपीएफ टोलीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


लु २९ प ४९४१ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनलाई सो कार्यालयबाट सशस्त्र प्रहरी बरिष्ठ हवल्दार मुक्तिप्रसाद थारुको कमाण्डमा खटिएको एपीएफ टोलीले जाँच गर्ने क्रममा उल्लेखित रुपैयाँसहित पक्राउ गरेको हो ।