काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अन्तर्गत हुने पूर्वाधार निर्माणको ग्लोबल टेण्डरमा सहभागी हुन नेपालका निर्माण व्यवसायीलाई सुझाव दिएका छन् ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासङ्घको २३ औं साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अमेरिकी कानुन अनुसार अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराउनुपर्ने भएकाले एमसीसी अन्तर्गतका परियोजनामा नेपालका निर्माण व्यवसायीले पनि भाग लिनुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले नेपाली निर्माण व्यवसायीले एमसीसी अन्तर्गतका आयोजना प्राप्त गर्न सके आफु पनि खुसी हुने जिकिर गरे । त्यस्तै प्रधानमन्त्री देउवाले समयमा नै निर्माण सम्पन्न हुन नसक्ने समस्यालाई समाधान गर्नुपर्ने धारणा राखे । उनले निर्माण व्यवसायीलाई सहुलियतका लागि सरकारले सार्वजनिक खरिद लगायतका नियमावली संशोधन लगायतका विषयमा सरकार लचिलो रहेको उल्लेख गरे । मुलुकलाई समृद्ध बनाउनका लागि सरकारसँगै निजी क्षेत्रको सहकार्य एवं समन्वय अपरिहार्य रहेको उनको भनाई छ ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले निर्माण व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्न सरकार तयार रहेको भन्दै व्यवसायीमैत्री कानून निर्माण गरिएको जानकारी दिए । उनले निर्माण व्यवसायी देशका धरोधर भएको भन्दै कुनै पनि व्यवसायीलाई सुरक्षा दिने काम सरकारले गर्ने स्पष्ट पारे ।

कार्यक्रममा व्यवसायीहरुले राज्यले आफुहरुको समस्यमा गम्भीरता नदेखाएको गुनासो गरेका थिए ।