काठमाडौं – समृद्धि फाइनान्स कम्पनी लिमिटेड र अनलाइन कम्पनी बिज बजारबीच सहकार्यको सम्झौता भएको छ । सम्झौतासँगै समृद्धि फाइनान्सका ग्राहकले नयाँ खाता खोलेवापत २ सय रुपैयाँको सपिङ भौचर पाउने भएका छन् ।


ADVERTISEMENT


एक वर्ष समयावधि भएको एक लाख वा सो भन्दा बढीको मुद्धति खाता खोले बापत ५ सय रुपैयाँको सपिङ भौचर प्राप्त गर्नेछन् । समृद्धि फाइनान्सका ग्राहकले बिज बजारबाट सामान खरिद गर्दा १० प्रतिशत छुट पाउने समेत सहमतिमा उल्लेख छ ।


ADVERTISEMENT

# # #


यो सुविधाबाट फाइनान्सका सम्पूर्ण ग्राहक लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो सम्झौता पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनी र बिज बजारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज गौतमले हस्ताक्षर गरेका छन् ।

राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले पाँचवटा शाखाहरुबाट सेवा प्रवाह गरिरहेको छ