चितवन – पञ्चायत विरोधी आन्दोलनमा सक्रिय प्रजातन्त्र सेनानी दधीराम सापकोटाको आज बिहान आफ्नै निवास भरतपुर महानगरपालिका वडा नं ४ लंकूमा निधन भएको छ ।


ADVERTISEMENT


विसं १९८२ मा बागलुङको गल्कोटमा जन्मिएका सापकोटा २०१८ सालमा चितवन आएका हुन् । स्वतन्त्रताका लागि धेरै पटक कारावास जीवन बिताएका सापकोटा २०२९ सालमा जनपक्षीय उम्मेदवारका रुपमा नारायण गाउँ पञ्चायतको उपप्रधानपञ्चमा निर्वाचित भएका थिए ।


ADVERTISEMENT

# # #


पञ्चायती व्यवस्थालाई राजनीतिक दलहरुले उपयोग गर्ने रणनीति लिएपछि उनी भरतपुर नगरपालिकाको पहिलो उपप्रधानपञ्चमा २०३५ सालमा निर्वाचित भएका थिए ।

नेपाली काँग्रेस भरतपुर नगर सभापति एवं जिल्ला कार्यसमितिका सदस्यसमेत भइसक्नुभएका सापकोटा लक्ष्मी मावि लंकूको संस्थापक थिए । सापकोटाका तीन छोरा र दुई छोरी छन् । उनको आजै पवित्र तीर्थस्थल देवघाटमा अन्तिम संस्कार गरिँदैछ ।