काठमाडौँ– फेब्रुअरी २५ देखि रुसले युक्रेनमाथि हमला गर्न थालेपछि हाल युक्रेन तनावग्रस्त छ । रुसी सेनाले युक्रेनमा लगातार गोला,बम बारुदहरु खसालिरहेका छन् । यसैबीच युक्रेनले पनि रुसको आक्रमणविरुद्व लड्ने निर्णय गर्दै युद्धमा होमिएका छन् ।


ADVERTISEMENT


यसक्रममा युक्रेनमा रहेका अन्य मुलुकका नागरिकहरु युक्रेन छोडेर स्वदेश फर्किने क्रममा रहेका छन्, भने कतिपयले आफुलाई फर्काउन आफ्ना राज्यसंग अपिल गरिरहेका छन् । तर, यस हुलमा एक नेपाली युवा फरक रुपमा देखिएका छन् । युक्रेनमा रहेका ती नेपाली युवाले आफ्नो अन्तिम साससम्म पनि आफु युक्रेनका लागि लडिरहने बताएका छन् । कामको शिलशिलामा युक्रेन पुगेका उक्त युवा प्रताप बस्नेत हुन् । जो हालै युक्रेन आर्मीमा भर्ती भएका छन् ।


ADVERTISEMENT

# # #


सामाजिक सञ्जालमा देखिएको एउटा भिडियोमा उनले भनेका छन्, ‘आर्मीमा भर्ती हुने मेरो आफ्नै निर्णयप्रति म गर्व गर्छु । युक्रेनको तनावग्रस्त अवस्थाका कारण म रातभर सुत्न सकिन । यो मानवता र मानव अधिकारको लागि हो ।’ युक्रेनले आफुलाई गाँस, बास र रोजगारसमेत दिएको भन्दै उनले अघि बोलेका छन्, ‘त्यसैले पनि युक्रेनलाई आवश्यकता पर्दा सहयोग गर्नु मेरो दायित्व हो । युक्रेनलाई आवश्यक पर्दा म अन्तिम साससम्म लडिरहनेछु र यसमा म गर्व पनि गर्छु ।’

गैरआवासीय नेपाली सङ्घ (एनआरएन)युक्रेनले हाल युक्रेनमा झण्डै दुई सय जना नेपालीहरु रहेको जनाएको छ । एनआरएनए द्वारा गठित ‘रुस–युक्रेन द्वन्द्वप्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ को सहयोगमा २४४ नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगिसकेका छन् । यसका साथै युक्रेनमा भएका नेपालीहरुलाई आवश्यक परेमा उद्धारका लागि सम्पर्क नम्बर र ठेगाना समेत सार्वजनिक गरिएको छ । जसका लागि नेपाली राजदूतावास, बर्लिनका तृतीय सचिव सहारा चौलागाईं, सम्पर्क नम्बर ४९१७०९८०८०६३ इमेल:  [email protected] मा सम्पर्क गर्न सकिनेछ ।

यस्तै मन्त्रालयले पनि सहजताका लागि मस्कोस्थित नेपाली राजदूतावासका सुशील मिमिरे, कार्यवाहक राजदूत, ७९६८०७०२८१५ र इमेल: eonmoscow @mofa gov.np लाई समेत सम्पर्क गर्न सकिने जनाएको छ ।