हेटौंडा – नेपाली  कांग्रेसको मकवानपुर जिल्ला समिति विस्तार भएको छ । कांग्रेस  निर्वाचन समितिले मंगलबार मकवानपुरको जिल्ला समिति विस्तार भएको जानकारी दिएको छ । निर्वाचनमा  बागमती प्रदेशका कांग्रेस सभापति इन्द्र बानियाँको टिमको वर्चस्व रहेको बुझिएको छ ।  निर्वाचनमा संस्थापन  पक्ष र इतर पक्षका तीन जना उम्मेदवारहरुको सभापतिका लागि भिडन्त भए पनि संस्थापन पक्षका बुद्ध लामासभापतिमा विजयी भएका छन् ।


ADVERTISEMENT


उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने विजयी भएका छन् । त्यसैगरी  सचिवमा भिमसेन महत र ईश्वर पाठक विजयी भएका छन् ।सहसचिवमा इन्दिरा न्यौपाने, ताराचन्द्र बजगाइँ विजयी भएका छन् ।  सदस्यहरुमा शैलेन्द्रराज बानियाँ लगायत संस्थापन पक्षबाट धेरै सदस्यहरु विजयी भएको कांग्रेस  निर्वाचन समितिले जनाएको छ ।


ADVERTISEMENT

# # #


पहिलो चरणमा कसैले पनि बहुमत ल्याउन नसकेकोले दोस्रो चरणमा निर्वाचन हुने भएकाले प्रत्यासी आनन्दराम पराजुली र लामाबीच सहमति भएपछि दोस्रो स्थान भएका पराजुलीले लामालाई समर्थन गरेका थिए । सोमबार भएको कांग्रेस पहिलो चरणको निर्वाचनमा कसैको पनि ५१ प्रतिशत मत प्राप्त नगरेकाले परिणाम अनिर्णित भएकामा अन्तिम समयमा लामा र पराजुलीबीच सहमति पश्चात लामा सभापति चयन भएका हुन् ।

निर्वाचनअघि केन्द्रीय सह–महामन्त्री डीना र वाग्मती प्रदेश सभापति बानियालगायत शीर्ष नेताहरुसमेतको उपस्थितिमा बसेको बैठकमा संस्थापन पक्षका उम्मेदवारद्वय लामा र आनन्दराम पराजुलीबीच पहिलो चरणको निर्वाचनको परिणाम अनुसार दोस्रो चरणमा एकअर्कालाई सहयोग गर्ने सहमति भएको थियो । पहिलो चरण निर्वाचनको मतपरिणाम अनुसार जसको मत बढी आउँछ उसैलाई सभापति स्वीकार गरेर अघि बढ्ने पनि सम्झौता भएको थियो । नेपाली कााग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार सम्पन्न मतदानमा सभापति पदमा कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत प्राप्त गर्न नसक्दा निर्वाचन दोस्रो चरणमा धकेलिएको थियो ।

पहिलो चरणको निर्वाचनमा मतदानमा कुल १७७५ मत खसेकोमा संस्थापन पक्षका सभापतिमा उम्मेदवार बुद्ध लामाले सबैभन्दा बढी ५९५ मत प्राप्त गरेका थिए । लामाले प्राप्त गरेको मत ५१ प्रतिशत नपुग्दा सभापतिमा पुनस् मतदान हुने भएको थियो । सभापति पदका संस्थापन पक्षका अर्का उम्मेदवार पराजुली सोमबारको निर्वाचनमा ५४५ मत प्राप्त गर्दै दोस्रो भएका थिए । उक्त निर्वाचनमा संस्थापन इतर पक्षका उम्मेदवार जयराम लामिछानेले ५३१ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका थिए ।