काठमाडौँ – विभिन्न साना ६ दल र दुई मोर्चाले अमेरिकी सहयोग परियोजना एमसीसी लागू गर्न नदिने भन्दै आन्दोलनको घोषणा गरेका छन् ।


ADVERTISEMENT


बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले एमसीसी मुलुकको हित विपरित रहेको भन्दै एमसीसीको विरोधमा थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । साना दल र मोर्चाले यही फागुन २० गतेदेखि चैत ६ गतेसम्मका आन्दोलनका कार्यक्रम तय गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले जानकारी दिए ।


ADVERTISEMENT

# # #


आन्दोलनका कार्यक्रमहरुमा २० गते काठमाडौं उपत्यकामा विशाल प्रदर्शन र विरोध सभा, २२ गते बुद्धिजिविसँग अन्तक्रिया, २४ गते देशव्यापी प्रदर्शन, २६ गते विद्यार्थीहरुले देशभरिका क्याम्पसमा पदर्शन तथा विरोध गर्ने, २८ गते युवाहरुको विरोध प्रदर्शन, ३० गते मजदूरहरुको देशव्यापी विरोध प्रदर्शन रहेको छ ।

यस्तै चैत २ गते किसानहरुको विरोध प्रदर्शन, ४ गते श्रमिक तथा दलीतको विरोध प्रदर्शन, ६ गते राािष्ट्रय मोर्चा क्षेत्रीय र जातीय मोर्चाहरुले विरोध प्रदर्शन गर्ने बताइएको छ । पत्रकार सम्मेलनमा नेकपा प्रवक्ता विश्वकर्माले सरकारले संसदीय व्यवस्था विपरित एमसीसी संसदबाट पास गरेको र १२ बुँदे व्याख्यात्मक घोषणा गलत भएको आरोप लगाए ।

सदनबाटै एमसीसी पारित गरेर सरकारले जनताको भावनाबिपरित एमसीसी कार्यान्वयन गर्न खोजेको भन्दै आफुहरुले यसलाई रोक्ने चेतावनी दिए । एमसीसी आर्थिक परियोजना मात्र नभई सैन्य रणनीतिका लागि आएको १२ बुदेले पुष्टि गरेको उनले बताए ।

विश्वकर्माले एमसीसी पारित गरेर सरकार र सरकारमा बसेको दलहरुले मुर्खता गरेको भन्दै आफुहरुले यसलाई लागू हुन नदिने चेतावनी दिए । अब एमसीसीको विरोधमा जनता उर्लने भन्दै जनताको बलमा एमसीसी लागू हुन नदिने उनको भनाई छ ।