काठमाडौँ – हरेक ग्राहकको चाहना हुन्छ, आफूले बैँकमा खोलेको खाताबाट बढीभन्दा बढी फाइदा लिन सकियोस्, अनि सरल र सहज तरिकाबाट कारोबार गर्न सकियोस् । सबै बैँकले ग्राहकले चाहेजस्तै सुविधा प्रदान सकिरहेका हुँदैनन् ।


ADVERTISEMENT


तर, पछिल्लो समय ग्राहक सेवालाई नै प्रमुख प्राथमिकतामा राख्दै आएको एनआईसी एशिया बैँकले ग्राहकको चाहनालाई बुझ्दै एउटा नयाँ खाता सञ्चालनमा ल्याएको छ, ‘सर्वश्रेष्ठ बचत खाता’ । अनेक फाइदाले भरिपूर्ण यस खाताबाट ग्राहकले दर्जनौँ सेवाहरुको अद्भूत अनुभव लिन सक्छन् । एनआईसी एशिया बैँकले उच्च ब्याजदर, बीमा र कर्जासम्बन्धी सुविधाहरु लगायत अनेकौँ सुविधा एउटै खातामा पाइने व्यवस्था गरेको छ ।


ADVERTISEMENT

# # #


उक्त खाता योजनामा ग्राहकको उत्साहजनक सहभागिता रहेको बैँकले जनाएको छ । अन्य बैँकले ल्याएको खाता भन्दा एनआईसी एशिया बैँकको सर्वश्रेष्ठ बचत खातामार्फत ग्राहकले पाउनेछन् यस्ता सुविधा:

खातावाला र मनोनित ३ जनालाई ५ वर्ष ८४ लाखसम्मको बीमा

मान्छेहरु बैँकमा पैसा यसकारण बचत गर्छन् ताकि भविष्यमा आइपर्ने खराब आर्थिक परिस्थितिसँग सहज रुपमा जुध्न सकियो । एनआईसी एशिया बैँकले ग्राहकलाई त्यस्ता समस्यामा साथ दिने उद्देश्यले ल्याएको खाता हो ‘सर्वश्रेष्ठ बचत खाता’ । यस खातामा ग्राहकले विभिन्न किसिमका बीमा सुविधाहरु पाउँछन् ।

बैँकका यस खातामार्फत ग्राहकले आफू मात्रै नभई आफूले मनोनयन गरेका अन्य ३ जनालाई समेत ३ किसिमका बीमा सुविधाबाट लाभान्वित गराउन सक्छन् । जस अनुसार दुर्घटनाबाट पूर्ण शारीरिक अशक्तता वा मृत्यु भएमा रू. १० लाखको दुर्घटना बीमा पाइन्छ ।

यस्तै क्यान्सर, ट्युमर, मुटुसम्बन्धी रोग लगायतका१८ वटा  विभिन्न घातक रोगहरूको उपचारका लागि १० लाख रुपैयाँको घातक रोग बीमा र मेडिकल जाँच वापत १ लाख रुपैयाँ (अस्पताल भर्नामा ८० हजार रुपैयाँ र बहिरंग उपचारमा २० हजार रुपैयाँ) सम्मको मेडिकल बीमा सुविधा समेत सर्वश्रेष्ठ बचत खाताका खातावाला र मनोनित अन्य ३ जनाले पाउँछन् । ५ वर्षसम्म प्रदान गरिने उक्त सुविधामार्फत ग्राहकले ८४ लाख रुपैयाँसम्मको फाइदा उठाउन सक्ने बैँकले जनाएको छ ।

मनोनयनमा परेका व्यक्तिले बीमा सुविधा प्राप्त गर्नका लागि एनआईसी एशिया बैँकमा शून्य मौज्दातमै बचत खाता खोले पनि पुग्ने बैँकले बताएको छ । यदि मनोनयनमा परेका व्यक्तिको एनआईसी एशिया बैंकमा पहिले नै बचत खाता भए उक्त बचत खातालाई ‘स्किम ट्रान्सफर’ गरी बीमा फाइदा उपयोग गर्न सकिने बैँकले जानकारी दिएको छ ।

कर्जामा पाइनेछन् यस्ता फाइदा

बैँकले सर्वश्रेष्ठ बचत खाताका ग्राहकका लागि कर्जामा पनि विभिन्न किमिसका फाइदाहरु समेटेको छ । जस अनुसार सर्वश्रेष्ठ बचत खाताको पूर्वस्वीकृत कर्जा अन्तर्गत ग्राहकले आफ्नो बचत खाताको ३ महिनाको औसत मौज्दातको १० गुणासम्म व्यक्तिगत कर्जाको सुविधा ०.२५ प्रतिशत कर्जा प्रशासनिक शुल्क तथा बेस रेटमा थप १ प्रतिशत ब्याजदरमा कर्जा प्राप्त गर्न सक्छन् ।

जसअनुसार ग्राहकको ३ महिनाको बचत खाताको औसत मौज्दात रकममा यस किसिमको कर्जा उपलब्ध हुन्छ । जस अनुसार यदि ग्राहकको खातामा पछिल्लो ३ महिनामा औसत १० लाख रुपैयाँ बचत जम्मा रहेको छ र १ करोडको कर्जा लिन चाहेमा स्वीकृत कर्जा फाइदा अनुरुप ३महिनाको औसत मौज्दातको १० गुणा बढी अर्थात् रू. १ करोड कर्जा रकममा बेस रेटमा थप १ प्रतिशत ब्याजदर कायम गरी सो कर्जा प्राप्त गर्न सकिने छ । यस्तो व्यवस्था नेपालको बैंकिङ्ग क्षेत्रमै नौलो एवं पहिलो रहेको बैँकको दाबी छ ।

बैँकका अनुसार यस्तो अवस्थामा कर्जा प्रशासनिक शुल्क ०.२५ प्रतिशत मात्र लाग्छ ।

१८ सेवामा ५ वर्षसम्म निःशुल्क  र सहुलियत !

एनआईसी एशिया बैँकमा ‘सर्वश्रेष्ठ बचत खाता’ खोल्ने ग्राहकले विभिन्न किसिमका १५ वटा सेवाहरु ५ वर्षसम्मका लागि निःशुल्क पाउने छन् ।

जस अनससार डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड वार्षिक शुल्क, प्रिपेड डलर काड, डिम्याट खाता एवं मेरो शेयर शुल्क, चेक क्लियरिङको सुविधा प्रयोग गर्दा ग्राहकले ५ वर्षसम्म कुनै पनि शुल्क तिर्नुपर्ने छैन ।

यस्तै आईपीएस, सीपीएस, फण्ड ट्रान्सफर, लकर दस्तुर, इ-कमर्श सुचारु तथा वार्षिक शुल्क, नेपाल भित्रका लागि आरटीजीएस सेवा पाँच वर्षसम्म निःशुल्क पाइने छ । यस्तै बैँकले सर्वश्रेष्ठ बचत खाताका ग्राहकलाई क्रेडिट कार्ड सीमा अधिकतम ५ लाख रुपैयाँसम्म, निःशुल्क क्रेडिट कार्ड जारी शुल्क, जकर मार्जिनमा पाँच वर्षका लागि शतप्रतिशत मिनाहा, पोर्टफोलियो मेनेजमेन्ट सेवामा ५ वर्षसम्म ५० प्रतिशत छुट दिने भएको छ ।

यस्तै ग्राहकले स्वीप इन–स्विप आउट सुविधा अन्तर्गत खातामा २ लाख रुपैयाँ भन्दा बढी रकम भएमा उक्त बढी रकमलाई १० हजारले गुणन गरी ३ महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुनेछ र सो रकममा मुद्दती निक्षेप अनुसारकै ब्याजदर प्राप्त गर्नेछन् । बैँकले यस खाताका ग्राहकलाई देशभरका कुनै पनि बैंकका एटीएमबाट रकम झिक्न र मौज्दात जाँच्न ५ वर्षको लागि निःशुल्क समेत गरेको छ ।

यस्तै विदेशी मुद्रा सटहीमा २५ पैसा प्रिमियम वा रिवेटको सुविधा पनि प्राप्त गर्ने बैँकले जनाएको छ ।

सर्वश्रेष्ठ बचत खाताले ग्राहकलाई अहिले अन्य खाताहरुमा विभिन्न किसिमका सेवाहरुको छुट्टाछुट्टै तिर्दै आएको शुल्क बचत गरिदिएको छ । साथै यस खातामार्फत पाइने विभिन्न बीमा सुविधा, कर्जासम्बन्धी सुविधाहरुले ग्राहकलाई अप्ठ्यारो अवस्थामा सहायताका लागि बैँक छ भन्ने अवस्था समेत सिर्जना भएको छ ।

यस खातामार्फत बैँकले प्रदान गर्ने यी सुविधा ग्राहकका लागि साँच्चै लाभदायक र प्रभावकारी छन् । एउटै खातामा दर्जनौँ फाइदा समेटिएको यो खाता वास्तवमै फाइदै फाइदाको ‘प्याकेज’का रुपमा रहेको छ ।

मुलुकभर ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । अति दुर्गम जिल्लाहरुमा समेत बैंकिङ उपस्थिति जनाउँदै आएको एनआईसी एशिया बैँकले मोबाइल बैँकिङ, इन्टरनेट बैकिङ, आईसर्भ सेवामार्फत पनि ग्राहकलाई डिजिटल बैकिङ प्रणालीमा अग्रसर गराउँदै आएको छ ।