काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला  एक हजार ६०० रुपैयाँले घटेर  ९५ हजार १०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला  ९६ हजार ७०० मा कारोबार भएको थियो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम भएको छ । जसको मूल्य मङ्गलबार प्रतितोला  ९६ हजार २०० रुपैयाँ तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  १५ रुपैयाँले घटेर रु एक हजार २८५ पुगेको महासङ्घले जनाएको छ ।


ADVERTISEMENT

# # #


महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५४ डलर आसपास कारोबार भइरहेको छ ।