काठमाण्डौं-विराटनगर महानगरपालिका १२ स्थित पञ्चमुखी चोकको रेलिङ्गमा चारैतिर निर्वाचन आचार संहिता विपरित चुनावी प्रचारका लागि विभिन्न पार्टीका झण्डा र पोष्टर टाँसेको छ ।


ADVERTISEMENT


विराटनगर १५, १६, १७ लगायतका वडामा राजनीतिक दलका नेता कार्यकत्र्ताले घर धनीको अनुमति नै नलिई पोष्टर र झण्डा राख्ने गरेका छन् भने सार्वजनिक स्थलमा समेत राखेको स्थानीय मो. इमानुल हकले गुनासो पोखे ।


ADVERTISEMENT

# # #


‘यहाँका विद्युत, टेलिकमको खम्बा लगायतको सार्वजनिक स्थलमा जथाभावी झण्डा र पोष्ट राखेको छ,’ उनले भने, ‘निर्वाचन आचार संहिता विपरितको चुनावी प्रचार सामाग्री हटाउन र आचार संहिता विपरितको कार्य नियन्त्रण गर्न क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा पटक पटक अनुरोध गर्दा पनि सुनुवाई हुन सकेको छैन ।’

यस्तै, आचार संहिता विपरित विराटनगर–रंगेली सहायकमार्गस्थित कर्सिया बजारको वी.पी. कोइराला चोकको चारैतीर रेलिङ्गमा र बाँस गाडेर चारैतिर विभिन्न दलले झण्डा राखेका छन् । जिल्लास्थित प्रतिनिधिसभाको ६ वटै निर्वाचन क्षेत्रमा आचार संहित विपरित दल र दलका उम्मेदवारहरुले प्रचार सामाग्री राखेका छन् तर नियमनकारी निकाय मौन छ ।

क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद संजेलले दैनिक २ बजे रातीसम्म निर्वाचन आचार संहिता उल्लंघन भएको भनेर फोन आइरहेको स्वीकारे । क्षेत्रीय निर्वाचन अधिकृतको कार्यालयलाई निर्वाचन आचार संहिता उल्लंघनको घटनालाई कडाईका साथ नियन्त्रणका लागि पत्राचार समेत गरिएको छ ।’ उनले जिल्लामा निर्वाचन आचार संहिता उल्लंघनको घटना बढ्दै गएकोले त्यसको नियन्त्रणका लागि सर्वदलीय बैठक नै आयोजना गर्न बाध्य भएको सुनाए ।

निर्वाचन कार्यालय विराटनगरका प्रमुख संजेलले आयोगको अनुमित विपरित दलको झण्डा लागेको सवारीसाधनलाई स्थलगत रुपमा अनुगमन गरि नियन्त्रणमा लिने बैठकले निर्णय गरेको बताए ।