काठमाण्डौं-जिल्ला सुरक्षा समितिले भौगोलिक दृष्टिबाट अति संवेदनशील सूचिमा राखेको नारफू गाउँपालिकाका ५ वटै मतदान केन्द्रको बिहीबार टोलीले निरीक्षण गरेका हुन् ।


ADVERTISEMENT


उक्त गाउँपालिकाको नार गाउँमा ३ र फू गाउँमा २ मतदानस्थल रहेका छन् । नार र फू जान सदरमुकाम चामेबाट २ दिन लाग्छ । भौगोलिक दृष्टिले विकट मानिएको उक्त ठाउँका मतदानस्थल निरीक्षण गर्न निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेल र नेपाल प्रहरीको क्षेत्रीय प्रमुख एआइजी कमलसिंह बम पुगेका थिए । उक्त ठाउँमा निर्वाचन अधिकृत लगायत कर्मचारी तथा सुरक्षा टोली पुगिसकेका छन् ।


ADVERTISEMENT

# # #


‘हाइ अल्टिच्युट’ र उचाईका कारण हेलिकप्टरलाई ‘टेकओभर’ मा समस्या पर्न सक्ने भन्दै चामे पुगेर पनि क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल, सेनाको पश्चिम पृतनाका सहायक रथी ताराविक्रम शाह, शसस्त्र प्रहरी बलका एसएसपी उमेशकुमार श्रेष्ठ गएनन् ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले नार र फू पुगेको टोलीले मतदान केन्द्रको अवस्था, वरपरको अवस्था र भौगोलिक अवस्थाको निरीक्षण गरेको बताए । उक्त ठाउँ सरकारद्वारा प्रतिबन्धित ठाउँ हो । उक्त ठाउँमा घुम्न नेपाल सरकारले प्रतिबन्ध लगाएको छ ।

विशेष प्रकारको पास लगेरमात्रै जान पाउने उक्त ठाउँमा स्वदेशीको समेत निगरानी हुने गर्छ । फू गाउँबाट करीब २ दिन लाग्ने ठाउँमा नेपाल र तिब्बतबीचको ३४ नं. पिल्लर रहेको छ । तिब्बती नाका भएपनि उक्त नाका प्रयोगमा छैन । नाकामा अवान्छित गतिविधि हुन सक्ने सम्भावनालाई मध्यनजर राखेर सरकारले उक्त ठाउँलाई प्रतिबन्ध लगाएको हो ।

‘भौगोलिक विकट भएकाले पनि कुनै अवान्छित गतिविधि हुन सक्ने अनुमानका आधारमा उक्त ठाउँ संवेदनशील सूचिमा छ’ सुरक्षा स्रोतले भन्यो । मनाङ पुगेको टोलीले जिल्ला सुरक्षा समितिलाई सुरक्षाको कुनैपनि कमजोरी नगराई स्वच्छ, निष्पक्ष र स्वतन्त्र ढंगबाट निर्वाचन सफल बनाउन निर्देशन दिएको छ ।

हिमाली जिल्ला भएकाले भौगोलिक दृष्टिकोणबाट संवेदनशील बनेको र आन्तरिक रुपमा आइरहने युवाले पनि संवेनदशीलता बढाउने भन्दै यसप्रति संवेदनशील बन्न सुरक्षा निकायलाई निर्देशन दिएका हुन् । यसपछि राजनीतिक दलसंग गरिएको छलफलमा राजनीतिक दलबीच एकअर्काले निर्वाचन आचारसंहिता विपरित काम गरेको भन्दै पोलापोल गरेका थिए । ‘हामी स्वच्छ, निष्पक्ष र स्वतन्त्र ढंगबाट चुनाव सम्पन्न गराउन हरदम सक्रिय छौं’ प्रजिअ पन्तले भने ।

२८ मतदान केन्द्र रहेको मनाङमा ९ वटा मतदानस्थललाई संवेदनशील सूचिमा राखिएको छ । संवेदनशील मतदानस्थलमा प्रायस् माथिल्लो क्षेत्रका रहेका छन् । ४ गाउँपालिका रहेको मनाङको माथिल्लो मनाङको नेस्याङ गाउँपालिकामा ९ वटा मतदान केन्द्र छन् । नारफू गाउँपालिकामा ५ मतदान केन्द्र छन् । नेस्याङ र नारफू गाउँपालिका प्रदेश (ख) मा पर्छ । चामेमा ५ र तल्लो मनाङको नासोङमा ९ मतदान केन्द्र छन् । चामे र नासोङ प्रदेश (क) मा पर्छ ।