काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अधयक्ष केपी शर्माओली प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ताका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।


ADVERTISEMENT


पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफलका लागि ओली बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री देउवा र ओलीबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


ADVERTISEMENT

# # #


सरकारले अमेरिकी सहायता सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा दर्ता गरेको छ । तर, सत्तारुढ दल माओवादी, नेकपा एकीकृत समाजवादी पार्टीले नै एमसीसीमा सकारलाई साथ नदिने बताएपछि प्रधानमन्त्री देउवा सक्रिय बनेका छन् ।

उनले यसअघि ओली निवास बालकोट पुगेर भेटवार्ता गरेका थिए ।