काठमाडौँ – सर्वोच्च अदालतले अमेरिकी सहायतासम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्धको रिट दरपीठ गरिदिएको छ ।


ADVERTISEMENT


मंगलबार वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र अधिवक्ता स्वागत नेपालले पेश गरेको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको हो ।


ADVERTISEMENT

# # #


उनीहरुले सन्धि ऐन अनुसार एमसीसी संसदमा पेश गर्न नमिल्ने जिकिर गर्दै रिट दिएका थिए । तर, सर्वोच्च प्रशासनले एमसीसी संसदमा पेश भइसकेका र यो संसदको विशेषाधिकारमा पर्ने भएकाले दर्ता गर्न नमानेको हो । सरकारले आइतबार एमसीसी संसदमा पेश गरेको थियो ।

यही १६ गतेभित्र संसदबाट एमसीसी पास गर्नुपर्ने अन्तिम समय रहेका छ । तर, सत्तारुढ दलभित्रै नै एमसीसी पास गर्ने कुरामा एकमत देखिएको छैन । विशेष गरी नेपाली काँग्रेस एमसीसीको पक्षमा रहेको छ भने नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा यथास्थितिमा एमसीसी पास गर्न नसकिने अडानमा रहेका छन् ।

संसदको बैठक १२ गतेका लागि बोलाइएको छ । उक्त बैठकमा एमसीसीबारे छलफल हुने आँकलन गरिएको छ ।