अनुसा थापा


ADVERTISEMENT


भक्तपुर– पछिल्लो समय सरकारी जग्गा भाँडामा लगाउने क्रम बढ्दो छ । सरकारले विभिन्न प्रयोजनका लागि निर्माण गरेको भवनका सटर, खाली जग्गालगायत ठाँउहरु भाँडामा लगाउने क्रम बढिरहेको छ । यता, गुठीको जग्गामा बनेको घरहरु पनि भाँडामा लगाइएको छ ।


ADVERTISEMENT

# # #


कुनै विद्यालयकै कुरा गरौः विद्यालय बनेपछि बाँकी भएको खाली जग्गा त्यहाँका प्रिन्सिपलले भाँडामा दिन्छन् । र, त्यो पैसा राज्यलाई नबुझाइकन आफ्नै खल्तीमा हाल्छन् । त्यसैगरि, नगरपालिका, वडा, विभिन्न विभागका कर्मचारीले खाली जग्गा भाँडामा दिएर आएको पैसा आफ्नै खल्तीमा हालिरहेका छन् ।

मुलुकभर जति पनि सरकारी कार्यालय छन्, त्यसमा सरकार र जनताको बराबरी सहभागिता छ । जनताले तिरेको करबाट सरकारी कार्यालयहरु निर्माण भएको छ । सर्वसाधारणको कामकाजमा सहज होस् भनेर बनाइएको सरकारी कार्यालयहरु व्यापार गर्ने थलो बनेको छ ।

कार्यालय वरपर छोडेको खाली जग्गामा टहरा बनाएर, भवन नै बनाएर व्यापार व्यवसाय सञ्चालन भइरहेको छ । तर, राज्यले यसबाट सुको पनि आम्दानी गरेको छैन् । न राज्यले यस्ता टहराहरु हटाउन सकेको छ न भवन भत्काउन । यता, खुला ठाँउ मासिदै गएको छ भने सरकारी जग्गा व्यक्ति र व्यापारीहरुले कब्जा गर्दै लगेका छन् ।

आफ्नो वडामा कति सरकारी कार्यालय छ यसको ठिक तथ्याङ वडाध्यक्षले राखेको छैनन् । भएका गुठीको जग्गा कहाँ छन् ? कतै सरकारको सम्पत्ति मासिएको त छैन? भन्नेबारे वडाध्यक्षलाई केही चासो छैन् । सरकारी जग्गा दुरुपयोग गरेर कतिले व्यापार व्यवसाय सञ्चालन गरेको छन् वडाध्यक्षलाई थाहा छैन ।

एउटा विद्यालयभित्र स्टेशनरी पसल राख्यो भनेपनि मासिक लाखौंको व्यापार हुन्छ । तर, यसबाट राज्यलेके पाउछ ? सरकारको सम्पत्ति दोहन गरेर विद्यार्थी ठग्नेलाई सरकारले कानुनको दायरामा ल्याउन सकेको छैन् । मैले भाडा नतिरी पसल सञ्चालन गरेको छु विद्यार्थीलाई मिलाएर सामान दिऔं भन्नेबारे पसले सोच्दैनन् ।

उल्टै त्यो सरकारी जग्गालाई आफ्नो अड्डा बनाउन खोज्छन् । वडाध्यक्ष र मेयर पनि त्यस्तै ठगको पसलमा गएर सित्तैमा खाजा खाँदा सरकारी जग्गाको दुरुपयोग भएको छ । खानमा बिकेका मुलुकका जनप्रतिनिधिका कारण सरकारी सम्पत्ति हिनामिना भइसकेको छ ।

यता, चुनाव हार्ने डरले जनप्रतिनिधिहरुले सरकारी सम्पत्ति खोजतलास गरेको छैनन् । अर्कोचोटि भोट दिदैनन् भन्ने सोचले व्याप्त मेयर र वडाध्यक्षकै मिलोमतोमा सरकारी सम्पत्तिको दोहन भएको हो । सरकारी सम्पत्तिमा व्यापार गर्नेलाई राजस्वको दायरामा ल्याउने हो भने राज्यले यहीबाट अर्बौ आम्दानी गर्न सक्छ । त्यसैगरि, सरकारी जग्गा आफ्नो नाममा लान खोज्नेहरु पनि कानुनको दायरामा आउछन् । यसो गर्दा राज्यले राजस्व पाउने, सरकारी सम्पत्ति पनि दुरुपयोग नहुने ।

कानुनमा उल्लेख भएअनुसार सरकारी कार्यालय र मठमन्दिर अगाडि अग्ला घर बनाउन नपाइने भनिएको छ । सरकारी कार्यालय र मठमन्दिरलाई ओझेलमा पारेर भवन निर्माण गर्न पाइर्दन् । तर, मेयर र वडाध्यक्षले पैसा खाएर सरकारको नियमलाई नै गुमराह गरिदिए । पछिल्लो समय सरकारी कार्यालय र मठमन्दिरको वरपर अग्ला घर बनेको देख्न सकिन्छ । जसको नक्सा पास गर्ने त सोहीजनप्रतिनिधिहरु नै हुन् । आर्थिकमा लुप्त भएका जनप्रतिनिधिहरुको कारणले सरकारी कार्यालय र मठमन्दिरमाथि गम्भीर असर पर्नसक्छ । मन्दिरको छेउमा घर बनाउनेले त्यही मन्दिरको जग्गा मिचेर घर बनाएको छन् । जसले गर्दा मठमिन्दर साँघुरिदै गएको छ ।

यता, सरकारी कार्यालयमा पनि केही भिन्नता पाइदैन् । सरकारी जग्गाको वरपर घर बनाउछन् । अनि सरकारी जग्गा नै मिचिदिन्छन् । मठमन्दिर र सरकारी कार्यालय वरपर बनेका घरहरुलाई सम्पुर्णको प्रमाणपत्र दिनुहुन्न । साथै, यस्ता घरहरु किनबेचमा प्रतिबन्ध लगाउनुपर्छ ।

सो घर भत्किसकेपछि त्यहाँ अर्को घर बनाउनमा रोक लगाउनुपर्छ । सहरी विकास मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनले सरकारी कार्यालय र मठमन्दिर वरपर घर बनाउन दिनुहुन्न । फितलो ऐनकानुनको कारणले अहिले अधिकांशले सरकारी जग्गा मिचेर घर बनाएको पाइन्छ ।

एकदुई आनामा बनाइएको घर सबै धराहरा जत्रो छन् । यसमा रोक लगाउन सरकारे अब नयाँ ऐनकानुनको विकास गर्नुपर्छ । कति जग्गामा घर बनाउने, त्यो पनि कति तला यसबारे सरकारले निरक्यौल गर्न जरुरी देखिन्छ । सरकारको लापरबाहीले मन्दिरमा आएको दानदक्षिणा सबै व्यक्तिको खल्तीमा पुगेको छ ।

सरकारको कमजोर जिम्मेवारीले मासिदैँ संस्कृतिका धरोहर

सम्बन्धित निकायले चासो नदिदाँ हाल अधिकांश मन्दिर जीर्ण हुदै गएको छ । कतिपय मठमन्दिरलाई टेकोले अड्डाएर राखिएको देख्न सकिन्छ । पछिल्लो सरकारले एउटा पनि मठमन्दिर बनाएको छैन । बरु मासिरहेको छ । जतिपनि मठमन्दिर नेपालमा त्यो सबै राजाको पालाको हो । मठमिन्दर नेपालको शान हो । यही मठमन्दिरकै कारणले नेपाल विश्वमा प्रसिद्ध छ । तर, उचित हेरचाह नहुँदा मठमन्दिर सबै जीर्ण भइसकेको छ । सरकारी गाडी किन्न बजेट हुने हाम्रो सरकारबाट मठमन्दिर निर्माण गर्न बजेट छैन् । नयाँ मठमन्दिर निर्माण गर्नतर्फ सरकारको ध्यान पनि गएको छैन ।

विकासको नाम दिदै सरकारले विनाशबाहेक अरु केही गरेन् । सरकारी जग्गा सबै व्यक्तिले लगिहाले । बाँकी भएको सरकारी जग्गा सबै सडक र पुल भन्दै सिद्धिइहाल्यो । भएको मठमन्दिर जोगाउन पनि नेपाल सरकार असफल रह्यो । नेपालीको आस्थामा नेपाल सरकारले ठेस् पुप्याएको छ ।

जुन मुलुकमा सबैभन्दा धेरै हिन्दु धर्मावलम्बी छन् त्यहाँकै मठमन्दिरको स्थिति यस्तो छ । वि.सं २०७४ सालको चुनावमा धेरै यस्ता जनप्रतिनिधि आए जो धर्मकर्म मान्दैनन् । आफु धर्मकर्म नमान्ने बताउदै उनीहरुले मठमन्दिरको रेखदेख गरेनन् । थप मठमन्दिरको निर्माण गर्न नसकेपनि भएकाको रेखदेख गर्नु उनीहरुको दायित्व थियो ।तथापि उनीहरुले यसो गर्न चाहेनन् । अहिले बनेका घरहरुमा पुजाकोठा बनाइएको हुन्छ । तर, त्यो मन्दिर त उनीहरुको निजी हुन्छ । त्यहाँ गएर अरुले त पुजाआजा गर्न मिलेन । व्यक्तिगत स्वार्थ पुरा बनाइएको निजी मठमन्दिरका कारण पनि सार्वजनिक मठमन्दिर माँसियो ।

घरमा बनाउनको साटो सार्वजनिकलाई नै मर्मत गरेको भए सबैले पुजा गर्न पाउथे । मुलुकको शान बनिरहन्थ्यो । तर, अहिलेको मानिसमा मानवीय भावनाको कमी छ । मर्दा र पर्दा मानिसलाई तीन चीज अनिवार्य चाहिन्छ । वरपिपल, वास र पाती नभईकन हुदैन । तर, अहिले वरपिपलको बोट भेट्नै मुश्किल छ ।

वरपिपल भएको ठाँउमा अहिले घर बनिसकेको छ । बास भनेको के हो ? अहिलेको मानिसलाई थाहा छैन । हाम्रो पुर्खाले मान्दै आएको चलनहरु सबै हराउदै गयो । पहिलेका मानिसहरु सार्वजनिक काममा रमाउथे । अलिकति पैसा भए उनीहरुले चौतारा, पार्टीपौवा, स्कुल, ढुंगेधारा बनाउने काम गर्थे ।

तर, अहिलेका मानिसहरु विदेश बसेर, व्यापार व्यवसाय गरेर टन्न कमाउछन् । उनीहरुको एउटै सोच पैसा कमाइसकेपछि गाडी किन्ने, घर बनाउने, देशविदेश घुम्ने र मँहगा रेस्टुरेन्टमा गएर खाने । उनीहरुले आफ्नो व्यक्तिगत फाइदा मात्र हेर्छन् । अरुलाई हित हुने काममा उनीहरुलाई केही चासो छैन ।

तीन दशक अघिसम्म ठाँउठाँउमा वरपिपलको रुख प्रशस्तै थिए । ढुंगेधारा, आल, पोखरी, चौतारा, मठमिन्दर पनि धेरै थिए । बाटो हिड्नेलाई बस्न सजिलो होस् भनेर पार्टीपौवाको व्यवस्था गरिदिन्थे । बाटो नभएको ठाँउमा बाटो खन्ने, आफ्नो वरपर सफा गर्ने उनीहरु आफै गर्थे । धर्मकर्ममा उनीहरुको विशस छुट्टै थियो ।

अहिलेका मानिस फुर्सद भयो भने बरु दिनभर सुतेर बस्छन् तर आफ्नो घर वरपर सफा गर्दैनन् । पछिल्लो समय बढ्दो प्रचलन घर बनाउने, कुकुर पाल्ने, माग्ने मान्छे आए भने नदेखेजसो गर्ने । समाज र सामाजिक कामप्रति आफ्नो केही दायित्व छैन् जस्तो गर्छन् उनीहरु ।


ADVERTISEMENT

#
#


यसो हुनुमा सरकारको पनि दोषी छ । सरकारले बेलैमा ऐनकानुन बनाएर सरकारी सम्पत्ति जोगाउन नसक्दा सबैतिर घरैघर बन्यो । पुर्खाले साँझेको सम्पत्ति पनि सबै सिद्धियो ।

प्रतिकृया

प्रतिकृया