काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमसीसीका विषयमा डबल स्ट्यान्डर्ड छाड्न सुझाव दिएका छन् ।


ADVERTISEMENT


आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै थापाले सरकारमा पनि बस्‍ने र सरकारले ल्याएको प्रस्तावमा कोही पक्ष र कोही विपक्षमा लागे जस्तो गर्ने पार्टीहरूको डबल स्ट्यान्डर्ड छाड्न सुझाव दिएका हुन ।


ADVERTISEMENT

# # #


उनले संसद्मा एमसीसी टेबल गर्ने ठाउँमा आइपुगेका पार्टीहरू मतदान गर्ने बेलासम्म सहमतिमा आइपुग्‍ने विश्वास व्यक्त गरे । उनले एमसीसीका विषयमा देव गुरुङ र झलनाथ खनालले विरोध गर्नुको कुनै अर्थ नरहेको पनि बताए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसमेत एमसीसी पेश गर्ने बेला सदनमा सहभागी हुनु सकरात्मक भएको उनको भनाई छ ।