काठमाडौँ – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्ने जहाज भैरहवा आइपुगेको छ ।


ADVERTISEMENT


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारबाट क्यालिब्रेसन उडानको तयारी छ । विमानस्थल आयोजना प्रमुख इन्जिनीयर प्रवेश अधिकारीले शुक्रवारदेखि परीक्षण उडान हुने जानकारी दिए । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसका लागि आन्तरिक तयारी पूरा गरिसकेको छ ।


ADVERTISEMENT

# # #


विमानस्थल निर्माणले पूर्णता पाएसँगै सञ्चालनका लागि ‘क्यालिब्रेसन फ्लाइट’ हुन लागेको हो । विमानस्थल निर्माण आयोजना अन्तर्गत आइसिबी जिरो २ का प्रमुख इञ्जिनियर प्रविन न्यौपानेले विमानस्थलको भौतिक निर्माण कार्य सम्पन्न भइसकेपश्चात क्यालिब्रेशन फ्लाइट गर्न लागिएको बताए ।

उनले करिब ७ देखि १० दिनसम्म एरो थाइको विमानले क्यालिब्रेशन फ्लाइटको काम गर्ने धारणा राखे ।