काठमाडौँ – सत्तारुढ पाँच दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।


ADVERTISEMENT


बैठकमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका  र राष्ट्रिय जनमोर्चाका नेतालगायत सहभागी रहेका छन् ।


ADVERTISEMENT

# # #


मेरिकी सहायता सम्बन्धी सम्झौता (एमसीसी)बारे आवश्यक निर्णय लिने अनुमान गरिएको छ ।

प्रधानमन्त्री देउवाले एमसीसी भोलि नै प्रतिनिधिसभामा पेश गर्ने तयारी गरेका छन् । तर, यसबारे सत्तारुढ दलभित्र नै मतभिन्नता रहेको छ । सत्तारुढ दल नेपाली काँग्रेस एमसीसीलाई जसरी पनि पास गर्नुपर्ने अडानमा छ ।

यस्तै जसपाकै बाबुराम भट्टराई पक्षमा पनि एमसीसीको पक्षमा उभिएको छ । तर, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह एमसीसीलाई यथास्थितिमा पास गर्न नहुने बताइरहेका छन् ।

माओवादी केन्द र एकीकृत समाजवादीले बुधबार मात्रै एमसीसीविरुद्ध नयाँ बानेश्वरमा आफ्ना कार्यकर्ता उतार्दै विरोध प्रदर्शन गरेका थिए ।