काठमाण्डौं-सरकारले प्रशासन सेवाका २ र इन्जिनियरिङ सेवाका एक सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।


ADVERTISEMENT


मन्त्रिपरिषदको बुधबारको बैठकले प्रशासन सेवाका सुरेश प्रधान र लक्ष्मीराम पौडेल एवं इन्जिनियरिङका रमेश सिंहलाई सचिवमा बढुवा गरेको हो । तीनै जनालाई वरिष्ठताका आधारमा बढुवा गरिएको हो ।


ADVERTISEMENT

# # #


बैठकले एसियाली विकास बैंक (एडीबी)बाट सहायताका रूपमा प्राप्त हुने १५ अर्ब ५० करोड सहयोग रकम स्वीकार गर्ने निर्णयसमेत गरेको छ ।

सहरी क्षेत्रको विकास तथा आधुनिकीकरणका लागि सरकारको आग्रहअनुसार सहयोग प्राप्त भएको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।