काठमाडौँ– गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गका लागि नयाँ योजना ल्याएको छ ।


ADVERTISEMENT


बैंकले ग्राहकवर्गलाई निक्षेपमा उत्कृष्ट प्रतिफल दिने उद्देश्यका साथ ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


बैंकका अनुसार, न्यूनतम एक हजार रुपैयाँ मौज्दातमा सुरु गर्न सकिने सो योजना एक क्रमिक (रिकरिङ्ग) निक्षेप खाता हो । यस निक्षेप योजना अन्तर्गत ५ वर्ष वा सो भन्दा बढी अवधिको निक्षेप खाता खोली वार्षिक मुद्दती बराबरको व्याजदरको फाईदा लिन सकिनेछ ।

साथै, यस निक्षेप योजना अन्र्तगत योजना अवधि भित्र आफ्नो अनुकुलता अनुसार जति पनि रकम जम्मा गर्न सकिन्छ भने आफुले जम्मा गरेको हरेक रकममा त्यस समयको मुद्धती बराबरको ब्याजदर पाइनेछ ।

यस योजना अन्तर्गत बैंकले उच्चतम ११.५५% ब्याजदर प्रदान गरिने जनाएको छ । यस निक्षेप खातामा लगानी गर्दै उत्कृष्ट प्रतिफल लिन इच्छुक तर एकमुष्ठ ठूलो रकम जम्मा गराउन भने सम्भव नभएका ग्राहकवर्गका लागि समेत यस क्रमिक रुपमा रकम जम्मा गर्न सकिने स्वर्णिम निक्षेप योजना निकै उपयोगी सावित हुनेछ ।

गरिमाले हाल  देशका ३७ जिल्लामा ११८ शाखा कार्यालयहरु, २ एक्स्टेन्सन काउण्टर र ५१ ए.टि.एम. मार्फत आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा दिँदै आइरहेको छ ।