काठमाडौँ – चार देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले आयरल्याण्डविरुद्ध तेस्रो विकेट हात पारेको छ ।


ADVERTISEMENT


ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट ग्राउन्डमा नेपालले टस जितेर बलिङ गरिरहेको नेपालले पावर प्लेमै ३ विकेट हात पारेको हो ।
नेपालका लागि कमलसिंह ऐरीले पहिलो विकेट दिलाए । उनले खेलको चौथो बलमै आक्रामक ब्याट्सम्यान पउल स्टर्लिङलाई २ रनमा बोल्ड आउट पारे ।


ADVERTISEMENT

# # #


यस्तै जितेन्द्र मुखियाले दोस्रो विकेट दिलाउने क्रममा गारेथ डिलानीलाई ९ रनमा कट एन्ड बोल्ड गरे । यस्तै अविनाश बोहराले आफ्नो पहिलो ओभरमै आयरल्याण्डका कप्तान एन्डी बाल्बिर्नीलाई १९ बलमा बोल्ड गर्दै पेवेलियन फर्काए ।

यो समाचार तयार पार्दासम्म आयरल्याण्डले ६ ओभरको समाप्तीमा ३ विकेट गुमाएर ३६ रन बनाएको छ । सिरिजको पहिलो खेलमा घरेलू टोली ओमानलाई ६ विकेटले हराएको नेपाल दोस्रो खेलमा युएईसँग २५ रनले पराजित भएको थियो ।

नेपालले फेब्रुअरी १८ देखि विश्वकप ग्लोबल छनोट समूह ‘ए’का खेल खेल्दैछ ।