काठमाडौँ – नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ मा गर्ने तयारी गरिएको छ ।


ADVERTISEMENT


कार्यसम्पादन समितिको बैठकले अधिवेशन हुन बाँकी जिल्लाबारे आवश्यक निर्णय लिन आग्रह गरेबमोजिम केन्द्रीय निर्वाचन समितिले फागुन १३ मा १६ जिल्लाको अधिवेशन गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


त्यस्तै अधिवेशन हुन बाँकी रहेका अन्य कुनै पनि तहको अधिवेशन फागुन १० गतेभित्रै सम्पन्न गर्ने सहितको प्रतिवेदन कार्यसम्पादन समितिको बैठकमा पेश भएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत्तले जानकारी दिए।

शुक्रबारको बैठकमा म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाबारे कुनै निर्णय हुन सकेन । भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान बैठकमा पेश र विधानका आधारमा जे आवश्यक पर्छ आइतबार पुनः बैठक बसेर निर्णय लिने प्रवक्ता महतले जानकारी दिए ।

भ्रातृ संस्थाबारे थप अध्ययन गर्न शनिबार बैठक नराखी आइतबारको बैठकबाट निर्णय लिन लागिएको महतले बताए। महतले एमसीसीलाई संसदमा पेश गरेर पारित गर्नुपर्ने धारणा नै कांग्रेसको आधिकारीक धारणा रहेको पनि बताए ।

कांग्रेस कार्यसम्पादन समितिको अर्को बैठक आइतबार २ बजे पुनः बस्नेछ ।