काठमाडौँ – चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत ओमानविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ ।


ADVERTISEMENT


ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट ग्राउन्डमा नेपालले टस जितेर बलिङ रोजेको हो । नेपालका लागि आज नियमित खेलाडी कुशल भुर्तेल र करण केसीलाई आराम दिइएको छ । युवा खेलाडी विवेक यादव र सागर ढकालले नेपाली राष्ट्रिय टोलीमा डेब्यू गरेका छन् ।


ADVERTISEMENT

# # #


चारदेशीय टी–२० सिरिजको ओमानसँगको आजको खेलबाट नै सन्दीप लामिछानेले टोलीको कप्तानी यात्रा सुरु गरेका छन् । खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

सन् २०२२ को अक्टोबरमा अष्ट्रेलियमा हुने टी–२० विश्वकपको ग्लोबल छनोट ‘ए’को पूर्वसन्ध्यामा हुन लागेको हो । टी–२० सिरिजमा आयोजक ओमान सहित नेपाल, अष्ट्रेलिया र युएई खेल्दैछन् ।

सिरिजका लागि १७ सदस्यीय नेपाली टोली मंगलबार ओमान प्रस्थान गरेको थियो । सिरिजमा उत्कृष्ट प्रदर्शन गर्ने १४ खेलाडीले टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

टी–२० सिरिजपछि फेब्रुअरी १८ देखि ग्लोबल छनोटका खेल सुरु हुँदैछन् । उद्घाटन खेलमा फेब्रुअरी १८ मा नेपाल र आयोजक टोली ओमान भिड्दैछन् । प्रतियोगिताका लागि ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, ओमान, क्यानडा र फिलिपिन्स रहेका छन् । यस्तै समूह ‘बी’मा आयरल्याण्ड, युएई, जर्मनी र बहराइन रहेका छन् ।

समूहका विजेता र उपविजेता टोलीले समेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोली अष्ट्रेलियामा हुने विश्वकपमा छनोट हुनेछन् । यसपटक नेपाली टोलीको कप्तानी सन्दीप लामिछानेले गर्दैछन् ।

ग्लोबल छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा पुग्ने नेपाली टोलीको विश्वास रहेको छ ।

ओमानविरुद्ध नेपालको अन्तिम ११
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल र प्रदीप ऐरी ।

टी–२० सिरिजमा नेपालको खेल तालिका

११ फेब्रुअरी (माघ २८) : ओमानविरुद्ध अपरान्ह ३ः४५ बजे (नेपाली समय)
१२ फेब्रुअरी (माघ २९) : युएईविरुद्ध अपरान्ह ११ः४५ बजे (नेपाली समय)
१४ फेब्रुअरी (फागुन २) : आयरल्याण्डविरुद्ध अपरान्ह ३ः४५ बजे (नेपाली समय)