काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले एमसीसी नेपालको पहलमा छनोट भएर आएको परियोजना भएको बताएका छन् ।


ADVERTISEMENT


नेपाल प्रेस युनियनले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा उनले एमसीसी नेपालको पहलमा छनोट भएर आएको परियोजना भएकाले यसमा अमेरिकाको कुनै दबाब स्वार्थ नरहेको बताएका हुन् । उनले एमसीसीजस्तो परियोजना रोक्न झुटको प्रचार भइरहेको धारणा राखे ।


ADVERTISEMENT

# # #


एमसीसी सम्झौतामा नजोडिएका कुनै पनि दल र नेता नरहेको भन्दै उनले नेताहरूले नै यसको  विरोध गरिरहेको उनको भनाई छ । उनले एमसीसी कुनै सैन्य रणनीति नरहेको पनि बताए ।

उनले संसदमा छलफल गरेर यसलाई पारित गर्नुपर्ने उल्लेख गरे ।