काठमाडौँ – माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


परीक्षा तालिका बोर्डको बेवसाइट र गोरखापत्रमा चाँडै सार्वजनिक गरिने जनाइएको छ । सँधैजसो चैत्रमा हुने एसईई परीक्षा कोरोनाका कारण पढाई प्रभावित बनेकाले यस पटक वैशाखमा गर्न लागिएको हो ।


ADVERTISEMENT

# # #