काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किर्ते गरेर सामाजिक सुरक्षा भत्ता र बालपोषण भत्ता हिनामिना गरेको आरोपमा बिगो दाबीसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ ।


ADVERTISEMENT


अख्तियारले मुगुको तत्कालीन रारा गा.वि.स. सचिवहरु पदम बहादुर भण्डारी, तीर्थराज शाही, नव गिरी र तत्कालीन सहायक लेखापाल हस्त बहादुर शाहीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार तत्कालीन सचिव पदम बहादुर भण्डारीले आ.ब. २०७१/२०७२ मा कार्यरत रहँदा सामाजिक सुरक्षा भत्ता (जेष्ठ नागरिक–बृद्धा भत्ता, अपाङ्ग भत्ता, एकल महिला, आदि) र बाल पोषण भत्ताबापतको ७ लाख ६० हजार ८ सय रुपैयाँ हिनामिना गरेको पुष्टी भएको छ ।


ADVERTISEMENT

# # #


यस्तै तत्कालीन सचिव तीर्थराज शाहीले २०७२ साल श्रावणदेखि कात्तिकसम्मको एक चौमासिक अवधिसम्म कार्यरत रहदाँ १६ हजार रुपैयाँ, तत्कालीन सचिवनव गिरी तथा तत्कालीन सहायक लेखापाल हस्त बहादुर शाहीले २०७२ साल मंसिरदेखि ०७३ साल असारसम्मको दुई चौमासिक अवधिमा कार्यरत रहँदा ३६ हजार ८ सय रुपैयाँ हिनामिना गरेको अख्तियारको आरोप छ ।

उनीहरुले माजिक सुरक्षा तथा बाल पोषण अनुदान भत्ता नै वितरण नगरी वितरण गरेको फर्जी भरपाई खडा गर्ने, नामै नभएका व्यक्तिको नाम राख्ने, एउटा व्यक्ति फरक फरक वडामा देखाउने, भत्ता पाउने व्यक्तिको ठेगाना नै उल्लेख नगर्ने, अभिभावकको नाम नै उल्लेख नगरी गलत लिखत तयार पारेर रहम हिनामिना गरेको अख्तियारले जानकारी दिएको छ ।

अनुसन्धानबाट पुष्टी भएसँगै तत्कालीन सचिव भण्डारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम ७ लाख ६० हजार ८ सय रुपैयाँ बिगो दाबी गरिएको छ । यस्तै सोही ऐन अनुसार सचिवहरु तीर्थराज शाही, नव गिरी र सहायक लेखापाल हस्तबहादुर शाही आरोप अनुसारको रकम बिगो दाबी गरिएको छ ।