काठमाण्डौं-युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह एच को खेलमा जित हात पार्दै टोटेनहम हट्स्पर र रियल म्याड्रिड दोस्रो चरणमा प्रवेश गरेका छन् । रियलले एपोएल निकोसियालाई ६-० ले हराउँदा टोटेनहमले बोरुसिया डर्टमुन्डलाई २-१ ले पाखा लगायो ।


ADVERTISEMENT


रियलको जितमा करीम बेन्जेमा र क्रिस्टियानो रोनाल्डोले २-२ गोल गरे । अन्य दुई गोल लुका मोड्रीच र नाचो फर्नान्डेजको नाममा रहयो । ५ खेलमा १० अंक जोडेको म्याड्रिड समूह उपविजेता बन्दै दोस्रो चरणमा पुग्ने पक्का भएको छ ।


ADVERTISEMENT

# # #


अर्को खेलमा एक गोलले पछाडी पारेको स्थितिबाट पुनरागमन गरेको स्पर्स समूह विजेता बन्ने पक्का भयो । पिएर एमेरिक औबामेयाङले पहिलो हाफमा अग्रता दिलाएपनि ह्यारी केन र ह्युङ मिन सनले पाहुना टोलीलाई जित दिलाए ।