काठमाडौँ– भ्यालेन्टाईन्सको अवसरमा स्मार्टडोकोले ‘डोको भरि माया’ अफर ग्राहकमाझ सार्वजनिक गरेको छ । हाल चलिरहेको प्रेम दिवस सप्ताहलाई मध्यनजर गर्दै स्मार्ट डोकोले सो अफर ल्याएको हो ।


ADVERTISEMENT


यस्अन्तर्गत ग्राहकले परफ्युम, स्मार्टवाच, कपल टिसर्ट तथा अन्य प्रेमिल एवम् आकर्षक सामाग्रीको खरीदमा ७२५ रुपैयाँसम्मको छुट पाउनेछन् । यस्तै, लक्की ड्रमार्फत चुनिएका ३ भागयशाली ग्राहकहरुले २५०० मुल्य पर्ने स्मार्टडोको गिफ्ट कार्ड जित्नेछन् ।


ADVERTISEMENT

# # #


यस्तै, ‘डोको भरि माया ट्याग एण्ड विन गिभअवे’ अन्तर्गत पनि ४ भाग्यशाली कमेन्टरहरुले स्मार्टडोकोबाट आकर्षक उपहार जित्ने मौका पाउने कम्पनीले जनाएको छ । जसमा विजेताहरुले ःस्मार्ट हृस्ट ब्यान्ड, डट एण्ड कि कस्मेटिक, हर्नबुल वालेट र बेल्ट, कर्भ डिजाइन स्मार्टवाच, टोबलेरोन डार्क चकलेट र गुलावको फूललगायतका उपहारहरु जित्नेछन् । कम्पनीका अनुसार, यो अफर माघ २६ देखि फाल्गुन १, २०७८, सम्म मान्य हुनेछ ।

१० हजारभन्दा बढी प्रोडक्ट भएको स्मार्टडोकोमार्फत ग्राहकले १० फरक वर्गका सामानहरु जस्तै कोभिड–१९का लागि आवश्यक सामग्री, फूड र ग्रोसरी, हेल्थ एण्ड ब्यूटी, इलेक्ट्रोनिक्स, होम र लिभिङ, बेबी केयर र अन्य सामग्रीहरु स्मार्टडोकोबाट खरिद गर्न सक्नेछन् । साथै, ग्राहकले विहान ९ बजेभन्दा अगाडि अर्डर गरेमा सोही दिन सामान पाउन सक्नेछन् ।

स्मार्टडोकोका ग्राहकले काठमाडौं उपत्यकाको रिङरोडभित्र निःशुल्क डेलिभर र रिङरोडभन्दा बाहिर तथा नेपालका सम्पूर्ण ७७ जिल्लामा निकै कम शुल्कमा सामान डेलिभरीको सुविधा पाउन सक्नेछन् ।