काठमाडौंः पार्टीको विधानबाट ‘हिन्दु राष्ट्र र राजसंस्था’सम्बन्धी वाक्यांश हटाएको विरोधमा निर्वाचन आयोगको कार्यालय घेराउ गर्न पुगेका राप्रपाका नेता तथा कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।


ADVERTISEMENT


विरोध प्रदर्शनमा उत्रिएका राप्रपाका नेता तथा कार्यकर्ताहरुले प्रहरीको घेरा तोड्न खोजेपछि तनाव उत्पन्न भएको थियो। प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन चार सेल अश्रुग्यास प्रहार गरेको हो।


ADVERTISEMENT

# # #


‘हिन्दु राष्ट्र र राजसंस्था’ सम्बन्धी वाक्यांश हटाउने निर्णय खारेज गर्न माग गर्दै राप्रपाका नेता तथा कार्यकर्ता जमलस्थित निर्वाचन आयोगको कार्यालय अगाडि धर्ना दिन पुगेका हुन्। जमल, कान्तिपथको अवस्था तनावग्रस्त छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपतिसम्शेर राणालाई प्रहरीले पक्राउ गरेको छ।

निर्वाचन आयोगले संविधानको व्यवस्था देखाएर राप्रपाको पार्टी उद्देश्य खारेज गरिदिएको थियो। संविधानमा रहेको राजनीतिक दलसम्बन्धी व्यवस्थामा कुनै राजनीतिक दलको नाम, उद्देश्य, चिन्ह वा झन्डा देशको धार्मिक वा साम्प्रदायिक एकातामा खलल पार्ने वा देशलाई विखण्डित गर्ने प्रकृतिको रहेछ भने त्यस्तो दल दर्ता हुने छैन भन्ने व्यहोरा उल्लेख छ। संविधानको सो व्यवस्थाअनुसार आयोगले राप्रपा विधानबाट हिन्दू राष्ट्र र राजतन्त्र हटाएको थियो।

राप्रपाले आयोगको निर्णयविरुद्ध सदनमा संविधान संशोधन प्रस्ताव समेत लगेको छ। उसले नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने पर्ने भन्दै संसद सचिवालयमा आइतबार संशोधन प्रस्ताव दर्ता गराएको थियो।