काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय प्रख्यात गायिका लता मङ्गेशकरको निधनप्रति दुःख व्यक्त गरेकी छन् ।
विश्वप्रसिद्ध गायिका मङ्गेशकरको आज ९२ वर्षको उमेरमा निधन भएको हो । राष्ट्रपतिले मङ्गेशकरले नेपाली गीत सङ्गीतमा दिएको योगदानको स्मरण गर्दै ट्विटमार्फत शोक प्रकट गरेकी हुन् ।
‘धेरै नेपाली गीतलाई समेत आफ्नो सुमधुर आवाजले सजाउनुभएकी भारतकी प्रख्यात गायिका लता मङ्गेशकरको निधनको खबरले मलाई दुःखी बनाएको छ । असाधारण प्रतिभाकी धनी दिवङ्गत लता मङ्गेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली’, ट्विीटमा उल्लेख छ । रासस