काठमाडौँ– काठमाडौं उपत्यकाभित्र ट्याक्सी तथा निजी सवारी साधनमा लागु हुदैँ आएको जोर–बिजोर प्रणाली हट्ने भएको छ ।


ADVERTISEMENT


सिसीएमसीको आज बसेको बैठकले पछिल्ला दिनहरुमा घट्दो क्रममा रहेको कोरोना संक्रमणको ग्राफलाई मध्यनजर गर्दै ट्याक्सी तथा निजी सवारी साधनमा कायमै रहेको जोर–बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो ।


ADVERTISEMENT

# # #


यसका साथै बैठकले कोरोना संक्रमण जोखिम न्युनिरकरण लागि भन्दै बन्द गरिएको विद्यालय तथा शैक्षिक संस्थाहरु पुनः खुलाउन समेत सिफारिस गरेको छ ।

यससंगै माघ अन्त्यसम्मका लागि बन्द गर्न निर्देशन दिइएका शैक्षिक संस्थाहरु फागुन १ गतेदेखि पुनः भौतिक उपस्थितमै सञ्चालन हुने भएको छ ।